‘एल क्लासिको’ रियलको मैदानमा सार्न प्रस्ताव!

डिसी नेपाल
३० असोज २०७६ ७:०७

काठमाडौं । ला लिगाले अक्टोबर २६ मा हुने एल क्लासिकोको खेल बार्सिलोनाको नाउ क्यापबाट रियल मड्रिडको बर्नवेउ सार्न प्रस्ताव गरेको छ । सर्वसाधारणको अशान्तको डरलाई सम्बोधन गर्दै सिजनको पहिलो एल क्लासिको सार्न ला लिगाले दुवै क्लबलाई प्रस्ताव गरेको हो ।

गत सोमबारमात्र स्वयत्तताको आन्दोलनमा उत्रिएका ९ जना क्याटलानका नेताहरुलाई जेलमा राखिएको छ।ला लिगाले स्पेनिस फुटबल महासंघ र दुवै क्लबलाई सो बिषयमा राय दिन प्रस्ताव गरेको छ ।

सो प्रस्तावलाई बार्सिलोनाले अस्विकार गर्ने बुझिएको छ । उसले ला लिगको प्रस्तावलाई अनावश्यक रहेको बताउने गरेको छ । खेलको दिनमा शहरमा अझ बढी प्रर्दशन हुने अनुमान गरिएको छ । ला लिगाले नियन्त्रण बाहिर हुने सक्ने असाधारण परिस्थितीलाई ध्यानमा राखेर सो प्रस्ताव गरिएको बताएको छ ।

स्पेनिस फुटबल महासंघको प्रतियोगिता कमिटिले अक्टोबर २४ मा सो बिषयमा निर्णय गर्न सक्ने बताईएको छ । बार्सिलोन र रियल मड्रिड प्रारम्भिक रुपमा सो प्रस्तावमा संलग्न छैनन् । दुवै क्लबले सो बिषयमा कुनै प्रतिक्रिया दिएका छन् ।

तलिका अनुसार खेल बार्सिलोनाको घरेलु मैदान नाउ क्यापमा हुने तय छ । क्याटलान फुटबल महासंघले सोमबार यस क्षेत्रका सबै स्थगित गरेको थियो । यद्वपी यस निर्णयले ला लिगा र स्पेनिस राष्ट्रिय टिमलाई कुनै असर नगर्ने बताईएको छ ।

क्याटालोनिया उत्तर पुर्वी स्पेनको एक अर्ध स्वयत्त क्षेत्र हो । सन् २०१७ मा भएको जनमत संग्रहमा अधिकांश जनताले स्वतन्त्रताको पक्षमा मतदान गरेका थिए । तर स्पेनको संवैधानिक अदालतले यसलाई अवैध घोषणा गरेको थियो ।

क्याटलानले लामो समयदेखि स्वतन्त्र राज्यको माग सहित आन्दोलन गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *