चोटका कारण पोग्बा र डी गियाले लिभरपुलसँगको खेल गुमाउने!

डिसी नेपाल
३० असोज २०७६ ७:३५

एजेन्सी । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा र गोलकिपर डेभिड डी गियाले प्रिमियर लिग अन्तर्गत लिभरपुलसँगको खेल गुमाउने भएका छन् ।

चोटका कारण पोग्बा र डी गियाले लिभरपुलविरुद्धको खेल गुमाउने भएका हुन् । एन्कल चोटका कारण पोग्बा पछिल्लो चार खेलमा मैदान उत्रिएका थिएनन् । लिभरपुलसँगको खेलमा समेत पोग्बा मैदान उत्रन नसके भएका छन् ।

पहिलो रोजाईका स्पेनीस किपर डी गिया युरोकप छनोट अन्तर्गत स्विडेनसँगको खेलमा घाइते भएका थिए।युनाइटेडले घरेलु मैदानमा आइतबार लिभरपुलसँग खेल्नेछ । जारी लिगमा लिभरपुल अपराजित रहेको छ ।

शीर्ष स्थानको लिभरपुलले ८ खेलमा ८ जित निकाल्दै २४ अंक जोडेको छ । १२ औं स्थानको युनाइटेडले ८ खेलमा ९ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *