कप्तान रुबिनाको शानदार पारीमा काठमाडौंद्वारा पोखरालाई फराकिलो लक्ष्य प्रस्तुत

डिसी नेपाल
३० असोज २०७६ ११:५२

काठमाडौं । क्वाट क्विन्स काठमाडौंले महिलाको फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा पोखरा पल्टनलाई जितका लागि १५३ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनायो ।

काठमाडौंको लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै ८३ रनको अर्धशतकीय इनिङ्स खेलिन् । ६७ बलको सामना गरेकी रुबिनाले १४ चौका र २ छक्का प्रहार गरिन् । जारी लिगमा यो पहिलो अर्धशतक समेत हो ।

यस्तै काठमाडौंक लागि रोमा थापाले १९, सोभा आलेले १२ तथा ईश्वरी बिष्टले अविजित १० रन जोडिन ।पोखराकी अनुराधा चौधरीले ४ तथा कविता कुँवरले १ विकेट लिईन् ।आज काठमाडौं र पोखरा पहिलो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा काठमाडौं चितवनसँग ५ विकेटले पराजित भएको थियो । पोखराको यो पहिलो खेल हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *