राजनीतिक अस्थिरताको कारण ‘एल क्लासिको’ स्थगित!

डिसी नेपाल
१ कार्तिक २०७६ ६:१५

एजेन्सी । स्पेनिस फुटबल महासंघले बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको खेल स्थगित गरेको छ ।

क्याटलोनियामा राजनीतिक अस्थिरताको कारण देखाउँदै एल क्लासिको खेल स्थगित गरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। बिहिबार समेत आन्दोलनकारी र सुरक्षा निकायबीच झडपका घटना भएका थिए ।

सोही कारण बार्सिलोनाको घरेलु मैदान नाउ क्यापमा अक्टोबर २६ हुने तय भएको प्रतियोगिता स्थगित गरिएको हो । विविध विकल्पमा छलफल गर्दै स्पेनिस फुटबल महासंघले एल क्लासिको रियल मड्रिडको मैदान सार्न प्रस्ताव गरेको थियो । तर दुवै क्लबले सो प्रस्तावलाई अस्विकार गरेको थिए ।

ला लिगाका अनुसार आगामी सोमबार नयाँ मितिका बिषयमा निर्णय हुन सक्नेछ । तर डिसेम्बर १८ को नयाँ मिति प्रस्ताव गरिएको छ । स्पेनिस लिगमा रियल मड्रिड १८ अंक सहित शीर्ष स्थानमा छ । बार्सिलोनाले १६ अंक सहित रियललाई पछ्याईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *