एएफसी यू–१९ च्याम्पियनसिप छनोटको प्रारम्भिक टिमबाट १७ खेलाडी बाहिर

डिसी नेपाल
२ कार्तिक २०७६ ११:१५

काठमाडौं । यू–१९ राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले प्रारम्भिक टिमबाट ३१ खेलाडी छनोट गरेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले प्रारम्भिक टोलीमा बोलाएका ४८ खेलाडीबाट मुख्य प्रशिक्षक केसीले ३१ खेलाडी छनोट गरेका हुन् ।

प्रारम्भिक टिमबाट १७ खेलाडी बाहिरिएका छन् । नेपालले अर्को महिना एएफसी यू–१९ च्याम्पियनसिप छनोट खेल्दैछ । ईरानमा हुने प्रतियोगिता नोभेम्बर ९ बाट सुरु हुनेछ ।प्रतियोगिताका लागि एन्फाले मुख्य प्रशिक्षकमा केसीलाई जिम्मेवारी दिएको छ । उनैले छनोट खेल्ने खेलाडी छानिरहेका छन् ।

अघिल्लो महिना नेपालमै भएको साफ यू–१८ खेलेका अधिकांश खेलाडी ३१ सदस्यीय टिममा अटाएका छन्।समुह डीमा रहेको नेपालले युएई, ईरान र कीर्गिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।

३१ सदस्यीय टिममा अटाएका खेलाडीको सूचि यस प्रकार छः

गोलकिपरः विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी र पुजन होना

डिफेन्डरः विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, अशिम गरुङ, एन्जल महर्जन, नविन गुरुङ, रोशन दोङ, विकास खवास, योगेश गुरुङ, विजय श्रेष्ठ, निराजन महर्जन

मिडफिल्डः दर्शन गुरुङ, शिशिर लेखी, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, जय गूरुङ, मनिष थापा, नितिन थापा, अनिल महर्जन र दिनेश हेम्जन

फरवार्डः ब्रिजेश चौधरी, निरज चौधरी, मनिष डाँगी, राजिव लोप्चन, रेजिन सुब्बा र दिपेश आले मगर


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *