एल क्लासिकोका लागि रियल मड्रिड र बार्सिलोनाबीच नयाँ सहमति

डिसी नेपाल
२ कार्तिक २०७६ १२:१८

काठमाडौं। एल क्लासिकोका लागि रियल मड्रिड र बार्सिलोनाबीच नयाँ सहमति भएको छ । सुरक्षाको कारण देखाउँदै रोयल स्पेनिस फुटबल महासंघले यही अक्टोबर २६ मा हुने एल क्लासिको खेल स्थगित गरेकोमा अब दुवै क्लव यो खेल आगामी डिसेम्बर १८ मा खेल्न सहमत भएका हुन् । फुटबल महासंघले सुरक्षाको कारण देखाउँदै खेल स्थगित गरेको थियो । खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नेउमा हुने तय थियो ।

स्पेनका दुई महारथी क्लव रियल मड्रिड र बार्सिलोनाबीच हुने कुनै पनि खेललाई एल क्लासिको भनेर चिनिन्छ । पहिले स्पेनको घरेलु लिग ला लिगामा हुने यी दुई क्लवबीचको भिडन्तलाई मात्र एल क्लासिको भन्ने गरिन्थ्यो । तर, अहिले भने यी दुई क्लवबीचको कुनै पनि भिडन्तलाई एल क्लासिको भनिन्छ चाहे त्यो खेल ला लिगाको होस्, च्याम्पियन्स लिगको होस् वा कोपा डेल रेको होस् । एल क्लासिकोलाई युइएफए च्याम्पियन्स लिगको फाइनलपछि दोस्रो सबैभन्दा ठूलो क्लव फुटबलको भिडन्त मानिन्छ । बार्सिलोना र रियलबीचको खेल टेलिभिजनबाट विश्वभर ५६ करोड मानिसले हेर्न गरेका छन्।

तय मितिमा एल क्लासिको हुन नसकेपछि बार्सिलोनाले एक विज्ञप्ति प्रकाशित गर्दै एल क्लासिकोका लागि नयाँ मिति १८ डिसेम्बर प्रस्ताव गरेको थियो । बार्सिलोनाले विज्ञप्ति प्रकाशित गरेलगत्तै रियल मड्रिडले पनि अर्को विज्ञप्ति जारी गर्दै आफू पनि डिसेम्बर १८ को लागि सहमत भएको जानकारी दिएको थियो । स्थगित भएको खेल यसअघि बार्सिलोनाको होमग्राउण्ड क्याम्प नोउमा हुने तय थियो । तर, बार्सिलोनामा लगातार प्रदर्शन भएपछि यसलाई रियलको होमग्राउण्डसान्टियागो बर्नबेउमा सार्न समेत प्रस्ताव गरिएको थियो । नयाँ मितिमा सरेपछि खेल कहाँ हुने भन्ने निश्चित भइसकेको छैन । कुनै असामान्य स्थिति नभएमा यो खेल क्याम्प नोउमै हुनेछ किनकि यस सिजनको अर्को एल क्लासिको सान्टियागो बर्नबेउमा हुने तय छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *