रोहित शर्माले टेस्ट क्रिकेटमा बनाए विशाल विश्वरेकर्ड, महान डन ब्रेडम्यानलाई पनि उछिने
काठमाडौं। भारतीय ब्याट्सम्यान रोहित शर्माले टेस्ट क्रिकेटमा नयाँ इतिहास बनाएका छन् । उनले अस्ट्रेलियाका महान क्रिकेटर सर डन ब्रेडम्यानको विशाल विश्वरेकर्डलाई उछिनेका छन् । रोहितले जारी टेस्ट सिरिजमा ३ शतक बनाइसकेका छन् । यस क्रममा उनले विशाल रेकर्ड आफ्नो नाममा लेखाए ।

रोहितले आफ्नो घरेलु मैदानमा १२ औं टेस्ट खेल्दा ९९.८४ को तुफानी औसत हासिल गरेका छन् । यो औसत अहिलेसम्मकै सबैभन्दा धेरै औसत भएका महान ब्याट्सम्यान डन ब्रेडम्यानको भन्दा बढी हो । ब्रडम्यानले आफ्नो घरेलु मैदानमा ३३ टेस्ट खेलेर ९८.२२ को औसतमा ४३२२ रन बनाएका थिए । घरेलु मैदानमा कम्तीमा १० टेस्ट खेलेका ब्याट्सम्यानमध्ये भारतका रोहित शर्माले १२ टेस्टमा ९९.८४, अस्ट्रेलियाका डन ब्रेडम्यानले ३३ टेस्टमा ९८.२२, वेष्ट इण्डिजका जर्ज हेडलीले १० टेस्टमा ७७.५६, अस्ट्रेलियाका स्टिभ स्मिथले २९ टेस्टमा ७७.२५ रनको औसतमा रन बनाएका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment