‘द हन्ड्रेड’: यी हुन् बिक्री हुन नसकेका ठुला खेलाडीहरु
एजेन्सी । इङ्ल्यान्ड र वेल्समा हुने नयाँ फर्म्याटको क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’मा नेपालका युवा क्रिकेटर सन्दीप लापमछाने छनोट भएका छन् । ड्राफ्टमा सन्दीपको १ लाख पाउण्ड आधार मूल्य राखिएकोमा सोही मूल्यमा बिक्री भएका हुन् ।
सन्दीपलाई ओभल इन्भिसिबल्सले टोलीमा भित्र्याएको हो । दोस्रो राउण्डको छनोटमा सन्दीपलाई ओभल इन्भिसिबल्स टोलीमा आबद्ध गरेको हो । सन्दीप लामिछाने आवद्ध ओभल इन्भिसिबल्समा सुनिल नरिने (वेस्ट इन्डिज), ज्यासन रोय(इङ्ल्याण्ड), फबियन एलेन(वेस्ट इन्डिज) लगायत खेलाडीहरु छन्।
आइतबार राति भएको ड्राफ्टमा सन्दीप लामिछाने छनोट हुँदा छोटो फर्म्याटको क्रिकेटमा वेस्ट इन्डिजका क्रिस गेल, श्रीलंकाका लसिथ मालिंगा ब्रिक्री भएनन् । त्यसैगरी बंगलादेशका अलराउण्डर सकिब अल हसन र दक्षिण अफ्रिकाका फास्ट बलर कागिसो रबाडासमेत छनोट भएनन् ।
यसैगरि टी–२० फर्म्याटमा पहिलो नम्बरमा रहेका पाकिस्तानी खेलाडी बाबर आजम पनि उक्त ड्राफ्टमा बिक्री भएनन्। यस्तै अन्य चर्चित खेलाडी काइरन पोलार्ड, ड्वेन ब्राभो, क्वीन्टन् डी कक र तमिम इकबाल पनि छनोट हुन सकेनन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment