सबै संघलाई जिम्मेवारी बनाएर अगाडि बढ्छौं : विश्वकर्मा

डिसी नेपाल
४ कार्तिक २०७६ २०:५६

काठमाडौं। युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश सबै खेललाई जिम्मेवारी दिएर अगाडि बढ्ने बताएका छन्।

नेपालमा हुने सागमा समावेश विभिन्न २७ खेल संघका प्रतिनिधि, प्रमुख प्रशिक्षक तथा विषयगत समितिका प्रतिनिधिको उपस्थितिमा भएको बृहत छलफल कार्यक्रममा खेलकुद मन्त्री विश्वकर्माले भने, ‘साग राष्ट्रले आयोजना गर्ने हो । तर, सागमा समावेश खेलको व्यवस्थापन र सञ्चालन सम्बन्धित खेल संघले नै गर्ने हो । सबै संघलाई जिम्मेवारी दिएर खेल विकासमा अगाडि बढ्ने छौं ।’

खेलकुद मन्त्री विश्वकर्माले खर्च गर्दा पारदर्शीतीमा जोड दिनु पर्ने बताए ।

संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हालै कतारमा सम्पन्न एनोक बैठकका दौरान सागको समय सार्ने विषयमा कुनै छलफल नभएको प्रष्ट पार्दै राष्ट्रको गौरवसंग जोडिएको विषय भएकाले निर्धारित समयमै साग हुनु पर्नेमा जोड दिए ।

खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कुनैपनि काम गर्दा पद्धति र प्रकृयालाई ध्यानमा राखि अगाडि बढ्नु पर्ने सुझाए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले साग समयमै हुने भएकाले यसलाई अवस्मरणीय बनाउन सम्बन्धित सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने बताउदै सागको प्रगतिका बारेमा जानकारी गराएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *