पुसमा प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता

डिसी नेपाल
४ कार्तिक २०७६ २१:५०

काठमाडौं । नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघले आगामी पुस १८ र १९ गते प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट कराँते प्रतियोगिता–२०७६ आयोजना गर्ने भएको छ ।

संघले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुर्याउने जनाएको छ ।

नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघका अध्यक्ष तथा नेपाल ब्रान्च चिफ सिहान अशोक कुमार श्रेष्ठका अनुसार प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय पुरुष तथा महिला फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा विभिन्न ७÷७ तौल समुह गरी जम्मा १४ समूह प्रतियोगिता सञ्चालन गरिने छ ।

प्रतियोगितामा नेपाल, भारत, जापान, फिलिपिन्स, स्पेन, मोरोक्को, श्रीलंका, कम्बोडिया, बंगलादेश, चीन, उरुग्वे, ईटाली, स्वीजरलैण्ड, पाकिस्तान, ईण्डोनेशिया, बेलायत, ईरान, नेदरलैण्ड, ब्राजिल, चिली, अष्टेलिया, अल्जेरिया, आर्मेनिया, भुटान, जर्मनी, साउथ अफ्रिका, थाईल्याण्ड गरी कम्तिमा २५ देशका पुरुष तथा महिला खेलाडीहरु गरी करिव छ सय जना खेलाडीहरुलाई प्रतिस्पर्धामा सहभागिता गराइने छ।

प्रतियोगितामा सहभागि खेलाडीहरुले विभिन्न १४ वटा गोल्ड, १४ वटा रजत तथा १४ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन। बिजेता खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारहरु व्यवस्था गरिएको छ भने मुख्य आकर्षकको रुपमा खुल्ला तौल समूहमा खेल्ने स्वर्ण पदक विजेता पुरुष तथा महिलालाई एक लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

उक्त प्रतियोगिताको सम्पूर्ण कार्यक्रमहरुको व्यबस्थापन एन.एफ.एच ईभेन्ट्सले गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *