आफ्नै बाबुको हत्या गरी फरार अभियुक्त २० वर्ष पछि पक्राउ

डिसी नेपाल
५ कार्तिक २०७६ १३:०६

काठमाडौंँ । आफ्नै बाबुलाई करिब २० वर्ष अघि धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा काठमाडौं कपन बस्ने काभ्रे नमोबुद्ध ११ का ४० वर्षीय रन बहादुर तामाङ पक्राउ परेका छन् ।

२०५७ चैत २९ गते दिउँसो सामान्य घरायसी विवाद हुँदा आफ्नै बाबु धमैसिंह तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या पश्चात फरार रहेका रन बहादुरलाई केन्द्रीय
अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका २ चोभारबाट पक्राउ गरेको हो।

रन बहादुर उक्त घटना पश्‍चात् वैदेशिक रोजगारीको सिलसिलामा कुवेत समेत गएर फिर्ता भई आफ्नो वास्तविक परिचय समेत लुकाइ काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको अनुसन्धानबाट खुल्न आएको उक्त व्यूरोले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *