सुपर सिक्स क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक
काठमाडौं। छैटौं संस्करणको कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक भएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच आयोजक संस्था एसएस इभेन्ट प्रालिसँग सो खेल प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक हुने समझदारी पत्रमा हस्ताक्षर भएको हो।
एसएस इभेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटी र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेको सो सम्झौतासँगै प्रतियोगिताको नाम ‘माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स’ रहनेछ।
आगामी पुसको २ गतेदेखि २३ गतेसम्म काठमाडौंको कीर्तिपुर खेल मैदानमा हुने सो प्रतियोगितामा २४ वटा कर्पोरेट टिमको सहभागिता रहने जानकारी गराइएको छ।
प्रतियोगिताको बिजेताले ट्रफी गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। त्यसैगरी विजेताले अर्को वर्ष सो प्रतियोगितामा निशुल्क प्रवेश पाउनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment