व्याकुल माइला गोल्डकपको उपाधि सरोकार समाजलाई
ओखलढुङ्गा । व्याकुल माइला गोल्डकप फुटबलको आठौँ संस्करणको उपाधि आयोजक नयाँ नेपाल सरोकार समाजले जितेको छ। समाजले ज्वालामुखी युवा क्लब हर्कपुरलाई ३–१ गोलले पराजित गरेको हो।
उपाधिसँगै समाजले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता ज्वालामुखीले रु ८० हजार जितेको छ । समाजका लागि तीनवटै गोल सविन केसीले गरेका थिए।
प्रतियोगितामा काठमाडौँको एफसी उत्कृष्ट टोली घोषित भई रु १० हजार पुरस्कार प्राप्त गर्यो। प्रतियोगितामा उत्कृष्ट खेलाडी मानस राई, उदीयमान खेलाडी हिलेपानी फुटबल क्लबका क्षितिज राई, सर्वाधिक गोलकर्ता सविन केसी, उत्कृष्ट डिफेन्डर सुमन राई र उत्कृष्ट गोल रक्षक जङ्गीबहादुर आलेमगर भएको व्याकुल माइला गोल्डकप समारोह समितिका सहसचिव पविरास राईले जानकारी दिए।
प्रतियोगिता मानेभञ्ज्याङ गाउँपालिका–६ स्थित व्याकुल माइलाको जन्मथलो सोक्माटारमा गत असोज २६ गतेदेखि शुरु भएको हो। हरेक वर्ष प्रतियोगिता सञ्चालन गरिँदै आएको राष्ट्रिय गीतका सर्जक व्याकुल माइला (प्रदीपकुमार राई) ले बताए।
सांसद यज्ञराज सुनुवार, प्रदेशसभा सदस्य मोहन खड्का, पूर्वसांसद रामहरि खतिवडा, मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतिराज राई, राष्ट्रिय गीतका सर्जक व्याकुल माइलालगायतले विजेतालाई पुरस्कार वितरण गरेका थिए। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment