क्यानले पारससँग सोध्यो – ‘राजीनामा दिएकै हो ?’

डिसी नेपाल
८ कार्तिक २०७६ १६:३५

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका निवर्तमान कप्तान पारस खड्कासँग राजीनामाबारे आधिकारिक धारणा मागेको छ। यसका लागि क्यानले आज खड्कालाई पत्र लेखेको हो । क्यान नेतृत्वले यसअघि खड्काको आधिकारिक रुपमा राजीनामा नआएकाले यसबारे केही औपचारिक निर्णय गर्न नसकेको बताउँदै आएको थियो।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मिडियाबाट राजीनामाबारे जानकारी पाएको र त्यसमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै आएका थिए। वुमन्स प्रिमियर लिगको उद्घाटन सत्रमा बोल्दै चन्दले खड्कालाई राजीनामा फिर्ता लिनसमेत आग्रह गरेका थिए। क्यानको पहिलो बैठकले विभिन्न समिति निर्माणसम्बन्धी निर्णय गरेको थियो। त्यस्तै यता चासोको रुपमा हेरिएको कप्तान पारस खड्काको राजनीमाको विषयले पनि बैठकमा प्रवेश पाएको थियो। एक बोर्ड सदस्यका अनुसार पारसको राजीनामाबारे आधिकारिक धारणा क्यानमा दिन लगाउने सम्बन्धमा पनि त्यतिबेलै छलफल भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *