शाकिबलाई कारबाही गर्दै बंगलादेश क्रिकेट बोर्ड! यस्तो रहेको छ कारण

डिसी नेपाल
१० कार्तिक २०७६ १०:३४

एजेन्सी । बंगलादेश क्रिकेट बोर्ट (बीसीबी)का शर्तहरु उलंघन गरेको घटनामा बोर्डले शाकिब अल हसनलाई कारण बताउन नोटिस जारी गर्ने भएको छ। क्रिकबजको रिपोर्टअनुसार बंगलादेशका कप्तान शाकिब भर्खरै एक एम्बेसडरको रुपमा ग्राकिमणफोन कम्पनिसँग जोडिएका छन्।

यता, बीसीबीले खेलाडीहरुसँग गरेको सम्झौता अनुसार राष्ट्रिय अनुबन्धको मातहतमा पर्ने खेलाडीले कुनै पनि टेलिकम कम्पनिसँग जोडिन पाउने छैनन्। बीसीबीका अध्यक्ष नजमुल हसनले शाकिबले संतोषजनक जवाफ नदिएमा उनलाई कडा कारबाही गर्ने बताएका छन्।

हसनले बंगाली दैनिकसँग भनेका छन्, ‘उनी यसरी टेलीकम कम्पनिसँग काम गर्न पाउँदैनन्।’ उनले भने, ‘हामी कानुनी कारबाही गर्न गईरहेका छौं। हामी यो घटनामा कसैलाई पनि छाड्न सक्दैनौं। हामी उनी र कम्पनिलाई जरिवाना तिराउने छौं।’

बीसीबी अध्यक्षले यसबारेमा २३ अक्टोबरमा थाहा पाएको र उक्त कम्पनिलाई कानुनी पत्र पठाएको बताएका छन्। शाकिब शुक्रबार भएको टिमको अभ्यासमा पनि उपस्थित थिएनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *