वार्नरको शानदार सतकमा श्रीलंकालाई विशाल लक्ष्य
एजेन्सी । अस्ट्रेलिया भम्रणमा रहेको श्रीलंकाले आज घरेलु टोलीसँग पहिलो टी–२० खेलिरहेको छ। एडिलेडको ओभल मैदानमा भएको खेलमा अस्ट्रेलियाले पाहुना टोली श्रीलंकालाई २३४ रनको विशाल रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ओभरमा दुई विकेट गुमाएर २३३ रन बनायो। अस्ट्रेलियका लागि डेभिड वार्नरले शानदार सतक बनाए। उनले ५६ बलमा १० चौका र ४ छक्का लगाए। यस्तै कप्तान आरोन फिन्चले ६४ रन बनाए। ग्लेन म्याक्सवेलले विस्फोटक ब्याटिङ गर्दै २८ बलमा ६२ रन बनाए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment