बी एण्ड आर कप क्रिकेटका लागि नेपाली टिम घोषणा

डिसी नेपाल
१२ कार्तिक २०७६ १८:४४

काठमाडौं । चीनमा आयोजना हुने बी एण्ड आर कप महिला क्रिकेटका लागि नेपाली यू–१९ टिम घोषणा गरिएको छ । नवनिर्वाचित नेपाल क्रिकेट संघ (क्यान)सँगको समन्वयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले टिम घोषणा गरेको हो। पूर्व मुख्य प्रशिक्षक जगत टमटाको नेतृत्वमा रहेको छनोट समितिले टिम छनोट गरेको जनाइएको छ।

टिमको कप्तान डोली भट्टलाई तोकिएको छ। टिममा कविता कुँवर, कृतिका मरासिनी, यसोदा विष्ट, रवि पोद्दार, राजमति ऐरी, इश्वरी विष्ट र लक्ष्मी साउद छन् । यस्तै सुशी डंगोल, हिसिला लामा गुरुङ, ज्योति दनुवार, निगम तामाङ, शिला क्षत्री, लक्षीता रायमाझी, गोमा आले, पेम लामु शेर्पा, मनिशा मगर र सृष्टि पौडेल छन् ।

१८ मध्ये मध्ये चारजना खेलाडीलाई बैकल्पिकमा राखिने छ। नेपाली टोली ७ नोभेम्बरमा चीन प्रस्थान गर्नेछ ।

११ नोभेम्बरबाट साइघाईमा सुरु हुने प्रतियोगितामा साउदी अरेविया, थाइल्याण्ड, मलेसिया, म्यानमार र घरेलु टोली चीन सहभागी छन् ।

नेपालको पहिलो खेल थाइल्याण्डमा हुनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *