भारतमा पहिलो दिन–रात टेष्ट क्रिकेट हुँदै

डिसी नेपाल
१४ कार्तिक २०७६ ९:३८

एजेन्सी । बंगलादेश क्रिकेट बोर्ड आगामी महिना कलकत्तामा दिन–रात को टेष्ट खेल्न सहमत भएको छ। बंगलादेशका कोच रसेल डोमिंगोले उक्त टेष्ट एक शानदार अवसर भएको बताएका छ।

कलकत्ताको इडेन गार्डेन मैदानमा २२ नोभेम्बरमा हुने उक्त टेष्ट भारत र बंगलादेशको पहलो दिन–रात टेष्ट हुनेछ। भारतीय टिम यो भन्दा पहला दिन–रात टेष्टको लागि राजी भएका थिएनन्। तर बीसीसीआईका नयाँ अध्यक्ष सौरभ गांगुलीले उक्त टेष्टको लागि भारतीय टिमका कप्तान विराट कोहलीलाई मनाएका थिए।

त्यसपछि उक्त प्रस्ताव बीसीबीलाई पठाइएको थियो र बीसीबीले स्वीकार गरेको छ। दिन–रात टेष्टमा धेरै दर्शक उपस्थित हुने गांगुलीको तर्क रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *