एमसीसीसँगको खेलका लागि तयार भयो त्रिवी मैदान (भिडियो)
काठमाडौं। यही सोमबार नेपाली राष्ट्रिय टिम र इंग्ल्याण्डको मेरिलेनबन क्रिकेट क्लव (एमसीसी)बीच एक दिवसिय क्रिकेट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ।
लिगेसी टूर अन्तगर्त नेपालसँगको खेलका लागि एमसीसी टिम शुक्रबार नेपाल आइसकेको छ।
यता त्रिवी मैदान पनि खेलका लागि तयार पारिँदै छ। शुक्रबार डिसी नेपालको टिम मैदानमा पुग्दा ग्राण्डसम्यानहरु पीच बनाउने काम गरिरहेका थिए। मैदानमा रहेका ८ वटा पीच खेलका लागि तयार पारिएको छ।
एमसीसीसँग नेपालले तीन वटा प्रारुपमा खेल खेल्ने छ। सोमबार पहिलो खेल नेपाली राष्ट्रिय टिम र एमसीसीबीच एक दिवसीय खेल हुने नेपाली क्रिकेट टिमका टेक्निकल एनालाइटिक्स रमन शिवाकोटीले जानकारी दिए।
एमसीसीसँग नपाली अण्डर नाइन्टिन टीमले पनि एक दिवसीय खेल खेल्ने छ। त्यसपछि यही ६, ७ र ८ नोभेम्बरमा नेपाल र एमसीसी टिमबीच तीन दिवसीय प्रथम श्रेणीको खेल हुने छ। नौ तारिखमा राष्ट्रिय टिम र एमसीसीबीच टि ट्वान्टी खेल हुनेछ।
एक दिवसीय, प्रथम श्रेणी र टि ट्वान्टीका लागि फरक फरक पीच प्रयोग हुने जनाइएको छ। एमसीसीको टिमले पोखरा पुगेर खेल सामाग्री पनि वितरण गर्ने कार्यक्रम रहेको छ।
शुक्रबार टि यू मैदानमा नेपाली महिला क्रिकेटरहरु भने आगामी सागका लागि प्रशिक्षणमा व्यस्थ थिए। १३ औं साग आगामी डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोजना हुँदै छ। दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो पटक महिला क्रिकेट समावेस गरिएको छ।
पहिलो पटक महिला क्रिकेटरलाई प्रशिक्षण दिइरहेका जगत टमटाले बन्द प्रशिक्षणमा रहेका २०९ जना महिला क्रिकेटरहरुलाई क्रिकेटका विभिन्न स्किल्सहरु सिकाई रहेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment