रेलिगेशन जोनमा रहेको क्लबसँग पीएसजीको नमिठो हार

डिसी नेपाल
१६ कार्तिक २०७६ ६:१४

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सिजनको तेस्रो हार ब्यहोरेको छ । शुक्रबार राति भएको खेलमा पीएसजी रेलिगेशन जोनमा रहेको डीजोनसंग पराजित भएको छ ।

डीजोनले घरेलु मैदानमा लिग लिडर पीएसजीलाई २–१ को नतिजा निकाल्दै स्तब्ध बनाएको हो । खेलको १९ औ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

सिजनका चार खेलमा एम्बाप्पेले सातौ गोल गरेका हुन् । पहिलो हाफको ईन्जुरी समयमा मौनिर चौयरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको तेस्रो मिनेटमा जोन्डर काडिजले डीजोनका लागि विजयी गोल गरेका थिए । मौरो इकार्डी र एडिसन काभानीको प्रहार विफल हुदाँ पीएसजीले बराबरीको मौका गुमाएको थियो ।

तालिकाको पुछारमा रहेको डीजोनले जित निकाल्दै दुई स्थान सुधार गरेको छ । लिग वानमा डीजोन १८ औ स्थानमा उक्लिन सफल भएको छ । लगातार ६ जित निकालेको पीएसजीले पछिल्ला चार खेलमा मात्र १७ गोल गरेको थियो ।

उसले गत बर्षको लिग उपाधि जित्न मात्र पाँच खेलमा हार ब्यहोरेको थियो । तर नयाँ सिजनमा सुरुवाती १२ खेल मध्य तीन खेलमा पराजित भईसकेको छ । हारका बाबजुत पीएसजी १२ खेलबाट २७ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । उसले दोस्रो स्थानको नान्ट्ससंग ८ अंकको अग्रता कायमै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *