आर्सनलका कप्तान जाका टिममा परेनन्, वुल्भ्सविरुद्धको खेल गुमाउने

डिसी नेपाल
१६ कार्तिक २०७६ ८:४०

एजेन्सी । आर्सनलका कप्तान ग्रानिट जाकाले इन्ग्लिश प्रिमियर लिग अन्तर्गत वुल्भ्सविरुद्धको खेल गुमाउने भएका छन् । आर्सनलले आज वुल्भ्ससँग खेल्दैछ । तर, मुख्य प्रशिक्षक युनाई इम्रीले वुल्भ्सविरुद्धको खेलमा जाका टिममा नरहेको बताएका छन् ।

प्रिमियर लिग अन्तर्गत आइतबार क्रिष्टल प्यालेसविरुद्धको खेलमा समर्थकविरुद्ध खराब व्यवहार देखाएका कारण आलोचित जाकालाई टिममा नराखिएको हो । उक्त खेलमा आर्सनल २–२ गोलको बराबरीमा रोकिएको थियो ।

प्रशिक्षक इम्रीले उक्त खेलपछि तनावमा रहेका जाकालाई अहिले पुनर्स्थापनाको आवश्यकता रहेको कारण टिममा नराखिएको बताएका छन् ।

खेलको ६१ औं मिनेटमा सब्सिच्युड भएर मैदानबाट बाहिरिदै गर्दा जाका आफ्नै टिमका समर्थकसँग आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । किनकी जाका बाहिरिँदै गर्दा आर्सनलका समर्थकले खुशीमा हुटिङ गरेका थिए ।

आफुविरुद्ध हुटिङ गरेपछि जाकाले समर्थकतर्फ कान थापेर थप उक्साउने प्रयास गरेका थिए । जसको कारण जाका निकै आलोचित बनेका छन् । चौतर्फी आलोचना भएपछि मिडफिल्डर जाकाले माफी मागिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *