पपुवा न्यु गिनी विश्वकप छनोटको फाईनलमा, उपाधिका लागि नेदरल्याण्डसँग भिड्ने

डिसी नेपाल
१६ कार्तिक २०७६ ८:५९

एजेन्सी । पपुवा न्यु गिनी (पीएनजी) युएईमा जारी आईसीसी विश्वकप क्रिकेट अन्तर्गत ग्लोबल छनोटको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको सेमिफाइनलमा नामिबियालाई १८ रनले पराजित गर्दै पीएनजी उपाधि नजिक पुगेको हो । दुबईमा पीएनजीले दिएको १३१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ५ विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो ।

नामिबियाका स्टेफेन बार्डले ३४ तथा जेपी कोट्जेले ३० रन बनाए । पीएनजीका नोर्मन भानुआले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३० ओभरमा ५ विकेट गुमाएर १३० रन बनाएको थियो ।

पीएनजीका सेसे बाउले अविजित ४० रन बनाए । यस्तै चार्ल्स आमिनीले ३१ तथा नोर्मन भानुआले २० रन बनाए । नामिबियाका जेजे स्मीटले २ विकेट लिए ।

अब पीएनजीले उपाधिका लागि नेदरल्याण्डसँग खेल्नेछ । नेदरल्याण्ड आयरल्याण्डलाई २१ रनले पराजित गर्दै फाइनल पुगिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *