म्यानमारसँगको मैत्रिपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा, भरतको पुनरागमन

डिसी नेपाल
१६ कार्तिक २०७६ १२:०८

काठमाडौं । नेपालले म्यानमारसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक योहान कालिनले शनिबार मैत्रीपूर्ण खेलका लागि २३ सदस्सीय नेपाली टिमको घोषणा गरेको हो । नेपालले म्यानमारसँग कात्तिक २१ गते मैत्रीपूर्ण खेल खेल्नेछ । खेल म्यानमारमा हुनेछ ।

नेपाली टिममा भरत खवासले पुनरागमन गरेका छन् । भरत पछिल्लो पटक गत मार्चमा कुवेतविरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए । कुवेतसँगको खेलपछि भरत विभागीय तालिम फ्लाइट डिस्प्याचर र फ्लाइट अपरेसन अफिसर तालिमका लागि थाइल्याण्ड गएका थिए ।

भरत राष्ट्रिय टिम बाहिर रहदा नेपालले नेपालले विश्वकप छनोटका ४ खेल र ३ मैत्रीपूर्ण खेल खेलिसकेको छ । भरतसँगै गोलकिपर एलेन न्यौपानेले टिममा पुनरागमन गरेका छन् । यस्तै मिडफिल्डर सुवास गुरुङ र मिक्चेन तामाङले पहिलोपटक टिममा स्थान बनाएका छन् ।

यस पटक कप्तान तथा गोलकिपर किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द, विशाल राई र हेमन गुरुङ टिममा छैनन् । किरण भारतीय आईलिग टिम मिनेर्वा पन्जाबको टिमसँग रहेका छन् । यस्तै रोहित पर्सिजा जकार्ताबाट इन्डोनेसियाको लिगमा व्यस्त छन् ।

कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको खेल खेलिरहेको नेपालले घरेलु मैदानमा हुने खेलअघि म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाली टिमः

गोलकिपरः विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने

डिफेन्डरः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डरः सुनिल बाल, रवी पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्चेन तामाङ

फरवार्डः भरत खवास, विमल घर्ति मगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *