साक्षी धोनीको एउटा फोटोले मच्चियो बबाल

डिसी नेपाल
१५ साउन २०७५ १२:१४

एजेन्सी । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीकी पत्नी साक्षी धोनी एकपटक फेरि चर्चामा छिन्। दुई दिन पहिले साक्षीले आफ्नो इन्स्टाग्राममा एउटा फोटो पोस्ट गरेकी थिइन्। यो फोटोलाई अहिलेसम्म २ लाखभन्दा बढीले लाइक गरिसकेका छन्। यही तस्वीरका कारण उनले आलोचनाको सामना गर्नुपरेको छ।

फोटोमा उनले यस्तो ब्लाउज लगाएकी छिन् जो स्किन कलरको छ । यही कुरा मानिसहरुलाई चित्त बुझेको छैन। सामाजिक संजालमा प्रयोगकर्ताले साक्षीको निकै आलोचना गरेका छन् । अर्कोतर्फ सामाजिक संजालमै कैयौं प्रयोगकर्ता साक्षीको पक्षमा पनि देखिएका छन्। केहीले उनलाई फोटोमा राम्री नदेखिएपनि वास्तविकतामा राम्री भएको समेत टिप्पणी गरेका छन्।

केहीले उनको अनुहार र मेकअपको विषयमा पनि भद्दा कमेन्ट गरेका छन्। साक्षीले यही ड्रेसमा अरु फोटो पनि पोस्ट गरेकी छिन्। उनले यही ड्रेसमा पति महेन्द्र सिंह धोनीसँगको फोटो पोस्ट गर्दा भने यस्ता कमेन्ट छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *