छोरीलाई गाली गर्ने ज्वाइँलाई सासुको खुकुरी

डिसी नेपाल
२१ कार्तिक २०७६ १२:५६

दाङ। दाङको शान्तिनगर गाउँपालिका–३ बस्ने आफ्नै ज्वाइँ ३१ वर्षीय गणेश चन्दलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा घोराही उपमहानगरपालिका–१० नारायणपुर बस्ने उनकी सासुआमा ४१ वर्षीया मधु कुमारी मल्ललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

गणेश चन्द र उनकी श्रीमती ससुराली गएको अवस्थामा श्रीमान श्रीमती बीच सामान्य विवादको बिषयलाई लिएर मधु कुमारीले ज्वाइँलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले मधु कुमारीलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते अवस्थामा रहेका चन्दलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा थप उपचारको लागि नेपालगञ्ज बाँके रिफर गरिएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.