चोभारबाट पेस्तोल र गोलीसहित ३ जना पक्राउ
सांकेतिक तस्बिर
काठमाडौं। नेपाल प्रहरीले पेस्तोल र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले दक्षिणकाली नगरपालिका चोभारबाट पेस्तोल र गोलीसहित मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्कालाई आज दिउँसो पक्राउ गरेको हो।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले युएस मेड लेखेको पेस्तोल र पाँच राउण्ड गोलीसहित पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका व्यक्तिको अन्य परिचय भने खुल्न बाँकी रहेको थापाले बताए। घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment