स्मिथको करिअरकै सबैभन्दा ढिलो शतक, सय रन बनाउन यति धेरै बल खेले

डिसी नेपाल
२६ कार्तिक २०७६ १४:०२

एजेन्सी। अस्ट्रेलियाको क्रिकेट टिमका पूर्वकप्तान स्टिभ स्मिथले फर्स्ट क्लास क्रिकेटमा आफ्नो पूरा करिअरकै ढिलो शतक प्रहार गर्दै आश्चर्यजनक इनिङ खेलेका छन् । उनले शतक प्रहार गर्नको लागि पूरै २९० बल खेले । शतक प्रहार गरेपछि स्मिथ थप ५ बल खेलेर १०३ रनको स्कोरमा आउट भए ।

९ वटा चौका र २ छक्का प्रहार गरेका स्मिथले शतकका लागि यति धेरै बल खेलेको यो पहिलो पटक हो । घरेलु फर्स्ट क्लास क्रिकेट शेफिल्ड शील्डमा स्मिथले फर्स्ट क्लास करिअरमा सबैभन्दा ढिलो शतक प्रहार गरेका हुन् । मंगलवार सिड्नी क्रिकेट मैदानमा न्यू साउथ वेल्सका लागि खेल्दै वेस्टर्न अस्ट्रेलियाविरुद्ध स्मिथले शतक प्रहार गरेका हुन् । ३० वर्षीय स्मिथले यसअघि २६१ बलमा इंग्ल्याण्डविरुद्ध सन् २०१७ मा गाबा मैदानमा शतकीय पारी खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *