स्मिथको करिअरकै सबैभन्दा ढिलो शतक, सय रन बनाउन यति धेरै बल खेले
एजेन्सी। अस्ट्रेलियाको क्रिकेट टिमका पूर्वकप्तान स्टिभ स्मिथले फर्स्ट क्लास क्रिकेटमा आफ्नो पूरा करिअरकै ढिलो शतक प्रहार गर्दै आश्चर्यजनक इनिङ खेलेका छन् । उनले शतक प्रहार गर्नको लागि पूरै २९० बल खेले । शतक प्रहार गरेपछि स्मिथ थप ५ बल खेलेर १०३ रनको स्कोरमा आउट भए ।
९ वटा चौका र २ छक्का प्रहार गरेका स्मिथले शतकका लागि यति धेरै बल खेलेको यो पहिलो पटक हो । घरेलु फर्स्ट क्लास क्रिकेट शेफिल्ड शील्डमा स्मिथले फर्स्ट क्लास करिअरमा सबैभन्दा ढिलो शतक प्रहार गरेका हुन् । मंगलवार सिड्नी क्रिकेट मैदानमा न्यू साउथ वेल्सका लागि खेल्दै वेस्टर्न अस्ट्रेलियाविरुद्ध स्मिथले शतक प्रहार गरेका हुन् । ३० वर्षीय स्मिथले यसअघि २६१ बलमा इंग्ल्याण्डविरुद्ध सन् २०१७ मा गाबा मैदानमा शतकीय पारी खेलेका थिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment