इमर्जिङ एसिया कपका लागि बङ्गलादेशको टिम घोषणा, ५ सिनियर खेलाडी टिममा
एजेन्सी । बिहीबारदेखी सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि बङ्गलादेशले टिमको घोषणा गरेको छ। मंगलबार घोषणा भएको टिममा सिनियर टोलीका ५ खेलाडी अटाएका छन्।
बंगलादेशले दुई दिन अघि सम्पन्न भारतसँगको तीन टि ट्वान्टी सिरिजमा रहेका सौम्य सरकार, मोहम्मद नइम शेख सहित ५ खेलाडी इमर्जिङ टोलीमा छन् । भारतविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका मोहम्मद नइम शेख इमर्जिङ टोलीमा छन् । नइम सहित, सरकार, आबु हैदर रोनी, अमीनुल ईस्लाम विप्लव,अफिफ हुसैन आइतबार सम्पन्न भारतसँगको तीन टि ट्वान्टी सिरिजमा बंगलादेशको टोलीमा थिए ।
बंगलादेश र नेपाल एकै समुहमा छन् । इमर्जिङ एसिया कप कात्तिक २८ देखी मंसिर ७ सम्म बंगलादेशमा हुनेछ । समुह बी मा नेपाल सहित बंगलादेश, भारत र हङकङ रहेका छन् । नेपालले पहिलो खेल भारतसँग कात्तिक २८ मा खेल्ने छ । त्यस्तै हङकङसँग कात्तिक ३० र बंगलादेशसँग मंसिर २ मा खेल्ने छ । बंगलादेशले कात्तिक २८ मा हङकङ र कात्तिक ३० मा भारतसँग खेल्ने छ ।
बङ्गलादेश टिम
नजमुल हुसैन शान्टो (कप्तान), मोहम्मद नइम शेख, यासिर अली चौधरी, अफिफ हुसैन, जाहिर हसन, मिनहाजुल आबेदीन अफ्रिदी, अमीनुल इस्लाम विप्लव, सौम्य सरकार, तानबीर इस्लाम, महमुद हसन, मेहेदे राना, सुमन खान, महिदुल इस्लाम भुइयान, आबू हैदर रोनी र महदी हसन
No ads found for this position


डिसी नेपाल
Facebook Comment