३ लाख ६० हजार नगदसहित नागार्जुनबाट १० जुवाडे पक्राउ

डिसी नेपाल
२७ कार्तिक २०७६ ९:२९

काठमाडौँ । नेपाल प्रहरीले नागार्जुनबाट रु तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका–३ इचङ्गुनारायणमा कौडा खेलिरहेको अवस्थामा मङ्गलबार राति उनीहरुलाई पक्राउ गरेको हो।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले ठूलो रकम हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकासँग प्रहरीले तीन लाख ६० हजार नगद र १६ थान कौडा बरामद गरेको वृत्तले जनाएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *