नेपालको फेरि हार
काठमाडौं। भारतको हैदराबादमा जारि यू–१९ एकदिवसीय च्यालेन्जर्स ट्रफी अन्तर्गत नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ। बुधबार भारतको यू–१९ ‘रेड’ टिमसँग नेपाले १०८ रनले पराजित भयो। पहिलो खेलमा पनि नेपाल एल्लो टिमसँग १० विकेटले पराजित भएको थियो।
राजीव गान्धी अन्तर्राष्ट्रिय मैदानमा नेपालले टस जितेर भारतलाई पहिला ब्याटिंगको निम्तो दिएको थियो।
अलआउट हुनुअघि भारतले २४८ रनको बलियो स्कोर बनायो।
२४९ रनको लक्ष्य पछ्याएको नेपालको ब्याटिंग खराब रह्यो। शुरुआतमै विकेट गुमाएको नेपाललाई विशाल विक्रम केसीले ७१ रन बनाउँदै एक सयको स्कोर पार गराए।
नेपालका कप्तान रित गौतम ५ रन, , खडक बहादुर बोहरा ३ रन , अरुण ऐरि ७ बनाएर आउट भए भने लोकेश बम, कुशल मल्ल र हरि बहादुर चौहान खाता नखोली आउट भए। शेर मल्ल २१ रन बनाएर आउट भए।
नेपालले अर्को खेल शुक्रबार खेल्ने छ। प्रतियोगितामा भारतका ३ टिम छन्। राउण्ड रोबिनका आधारमा खेलिने खेलमा शीर्ष दुई टिमबीच उपाधिका लागि फाइनल खेल हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment