एसीसी इमर्जिङ कपः नेपालले ब्याटिङ गर्दै, कुशलको राष्ट्रिय टिममा डेब्यू

डिसी नेपाल
२८ कार्तिक २०७६ ८:४३

काठमाडौं । बंगलादेशमा आयोजित एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत लिग चरणको पहिलो खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ।

भारतविरुद्धको खेलमा नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको छ। भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपाल सुरुवाती ब्याटिङमा उत्रने भएको हो । नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ल टोलीको पूर्ण जिम्मेवारी पाएपछि पहिलो प्रतियोगितामा नेतृत्व गरिरहेका छन् । युवा ब्याट्सम्यान कुशल भुर्तेलले नेपाली टोलीमा डेब्यू गरेका छन् ।

नेपालको प्लेइङ ११ः

ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्र सिंह ऐरी, शरद भेषवकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सरार्फ, सुसन भारी,आरिफ शेख, र कुशल भुर्तेल


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *