आलमको थुनछेक बहस सकियो, आजै आदेशको तयारी
फाइल तस्वीर
रौतहट । राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई ज्युँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको थुनछेक बहस सकिएको छ ।
प्रतिवादी मोहम्मद अफताब आलमका तर्फबाट २८ जना अधिवक्ताले बहस गरेपछि वादीतर्फका २ जना सरकारी वकिल सहित अधिवक्ता पुष्पराज पौडेलले त्यसको खण्डन गरेका थिए । थुनछेक बहस सकिएसँगै ४ नम्बर इजलासका न्यायाधीश दीपक ढकालले केही बेरमा आदेश दिने तयारी गरेको बताइएको छ । केही बेरमा आलमलाई थुन्ने कि छाड्ने भन्ने आदेश आउने समभावना छ । आदेश दिने तयारी भएसँगै जिल्ला अदालत रौतहट परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला अदालत परिषरको झण्डै ४ सय मिटर वरपर नेपाल प्रहरी र सशस्त्र प्रहरीका झण्डै ६ सय जना सुरक्षाकर्मी खटाइएको छ ।
आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा अभियोगमा मुद्दा दायर भएको छ । २०६४ साल चैत्र २७ गते पहिलो संविधानसभा चुनावको अघिल्लो दिन आलमका काका शेष इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा हालेर जलाएको आरोपमा गएको असोज २६ गते नेता आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।







डिसी नेपाल








Facebook Comment