रुपज्योति र उनकी छोरी सुरुची रिहा

डिसी नेपाल
२९ कार्तिक २०७६ १६:०५

काठमाडौँ। ठगी गरेको आरोपमा पक्राउ परेका व्यवसायी रुपज्योति आज हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उनी छुटेका हुन् । यसअघि उनीविरुद्ध प्रहरीमा ठगी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त दरबारमार्गमा अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनको अध्ययनपछि सरकारी वकिल कार्यालय मुद्दा चलाउन नपर्ने निष्कर्षमा पुगेको हो । यसअघि जिल्ला अदालत काठमाडौँले यही विषयमा यो मुद्दा देवानी प्रकृतिको भएको हुँदा फौजदारी अभियोग आकर्षित नहुने निर्णय गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.