अकुपाइ टुँडिखेलः अतिक्रमणबाट जोगाउन टुँडिखेलमा खरीको बिरुवा रोपियो

डिसी नेपाल
३० कार्तिक २०७६ १३:५९

काठमाडौं। खुल्लामञ्च अतिक्रमण विरुद्ध संञ्चालित अकुपाई टुँडिखेल अभियान अन्र्तगत प्रकृतिलाई माया गरौ भन्ने सन्देश सहित सनिबार टुँडिखेलमा खरीको विरुवा रोपिएको छ । विभिन्न वहानामा उपत्यकाका खुल्ला स्थान अतिक्रमण हुन थालेपछि नागरिक समाज तथा स्थानीय युवाहरु अकुपाई टुँडिखेल अभियानमा जुटेका हुन् । अकुपाई टुँडिखेल अभियानको दोश्रो कार्यक्रम अन्र्तगत सनिबार टुँडिखेलमा खरीको विरुवा रोपिएको हो ।

यसअघि अघिल्लो शनिबार खुल्लामञ्चको चारै तर्फबाट मानवसाङ्लो बनाएर अभियान सुरु गरिएको थियो । अभियानमा राजनीतिक दलका नेता कार्यकर्ता, कलाकार, स्थानीयबासी, नागरिक समाजका अभियन्ता तथा युवाहरुको सहभागिता रहेको थियो । अभियान अन्र्तगत आज शनिबार प्रकृतिलाई माया गरौ रुखविरुवाको संरक्षण गरौ भन्ने सन्देश दिदै टुँडिखेलमा खरीको विरुवा रोपिएको हो । अकुपाई टुँडिखेल अभियानका संयोजक बिजय श्रेष्ठले पछिल्लो समय राजधानी उपत्यकाका रुखहरु काटिदै गएको तर रोप्ने काम नभएकाले प्रकृतिलाई माया गरौ भन्ने संदेश दिनका लागि प्रतिकात्मक रुपमा खरीको विरुवा रोपिएको बताए ।

खुल्ला स्थान अतिक्रमण हुनबाट जोगाउनका लागि ३ महिनाको समय दिएर सुरु गरिएको अकुपाई टुँडिखेल अभियान अन्र्तत आगामी दिनमा सञ्चालित कार्यक्रमहरुमा जनप्रतिनिधिहरुलाई ल्याएर खरीको बोटमा सपथ खुवाईने अभियानकै अर्का सदस्य गणपतिलाल श्रेष्ठले बताए ।

भुकम्प पछि अस्थायी रुपमा प्रयोग गरिनुको साथै खुलामञ्चको केही भाग विभिन्न संघ संस्थालाई दिइएको छ । त्यसैगरी त्यहाँ स्थित दुइ गुठीले पनि व्यवसायिक प्रयोजनका लागि जग्गा भाडामा लगाएका छन् । खुलामञ्चमा बीर अस्पतालको स्टोररुम देखि निर्माण सामग्री राख्ने, गाडी पार्किङ्ग गर्ने गरिएको छ । पुरानो बसपार्कमा भ्युटावर बनाउने भएपछि अस्थायी रुपमा शहरी बसपार्क पनि खुलामञ्चमा नै गराईएको छ ।

अनधिकृत पार्किङ गर्ने र विभिन्न बहानामा जमिन ढलान गर्ने तथा पछिल्लो समय सो स्थानमा स्थाई प्रकृतिका संरचना बन्न थाले पछि चौतर्फी बिरोध हुदै आएको थियो । खुलामञ्च अरुको कब्जामा जान थालेको भन्दै अभियन्ताहरुले गत सनिबार देखि अकुपाई टुँडिखेल अभियान सुरु गरेका हुन् । खुलामंञ्चलाई अतिक्रमणबाट बचाउन तीन महिनासम्म प्रत्येक शनिबार अकुपाई अभियान अन्र्तगत विभिन्न कार्यक्रम गरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.