त्रिशुलीमा पौडी खेल्न गएका एक जना बेपत्ता

डिसी नेपाल
१ मंसिर २०७६ ८:०७

काठमाडौँ । त्रिशुली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् ।

धादिङको गजुरीमा पर्ने त्रिशुली नदीमा हिजो शनिबार पौडी खेल्न गएका भक्तपुरको सूर्यबिनायक नगरपालिका ५ का ३८ वर्षीय बिकल श्रेष्ठ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बेपत्ता श्रेष्ठको खोजीका लागि प्रहरी निरिक्षकको नेतृत्वमा ७ जनाको टोलीसहित सशस्त्र प्रहरी बल र श्रेष्ठका आफन्तको समुह खोजी कार्यमा लागिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.