आलमले प्रहरी थर्काएको भिडियो बाहिरियो, प्रहरीलाई नै हत्कडी लगाउने धम्की ! (भिडियो)

डिसी नेपाल
२ मंसिर २०७६ १३:०७

काठमाडौं। बम विष्फोटका घाइतेहरुलाई जिउँदै इट्टा भट्टामा जलाएर मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलकले प्रहरीलाई थर्काएको भिडियो सार्वजनिक भएको छ । सर्वोच्च अदालतको आदेशपछि आलमलाई पक्राउ गर्न गएका प्रहरी अधिकारीहरुलाई आलमले थर्काएका हुन् ।

भिडियोमा आलकले आफूलाई पक्राउ गरिएपछि जिल्लामा आगो बल्ने धम्की दिएका छन् । निकै शालीन ढंगले प्रस्तुत भइरहेका प्रहरी अधिकारीहरुलाई आलमले हत्कडी लगाइदिने समेत धम्की दिएको भिडियोमा सुन्न सकिन्छ । भिडियोमा प्रहरीलाई थर्काउँदै गर्दा आलमले गाडीको अगाडीको ड्यासबोर्ड ठोक्दै गरेको पनि देखिन्छ । भिडियोमा आलम निकै चर्को रुपमा प्रस्तुत भएका छन् । हेर्नुहोस् भिडियो –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *