तस्वीरमा हेर्नुस् मन्त्री र राज्यमन्त्रीको सपथ ग्रहण
काठमाडौं। नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। बिहीबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्या भण्डारीले ६ जना नवनियुक्त मन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओली ३ जना राज्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।

यसरी सपथ लिने मन्त्रीहरुमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी, कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ छन्।

त्यसैगरी नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि प्रधानमन्त्री ओलीबाट पद तथा गोपनियताको सपथ लिएका छन्।।




No ads found for this position

डिसी नेपाल
Facebook Comment