तस्वीरमा हेर्नुस् मन्त्री र राज्यमन्त्रीको सपथ ग्रहण

डिसी नेपाल
५ मंसिर २०७६ १४:०८

काठमाडौं। नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। बिहीबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्या भण्डारीले ६ जना नवनियुक्त मन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओली ३ जना राज्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।

यसरी सपथ लिने मन्त्रीहरुमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी, कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ छन्।

त्यसैगरी नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि प्रधानमन्त्री ओलीबाट पद तथा गोपनियताको सपथ लिएका छन्।।

 

 

सपथ ग्रहण समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सत्तारुढ नेकपामा अध्यक्ष पुष्पकमल दाहाल, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *