जीवन गुजार्न नृत्य देखाउँछन् छन्त्याल समुदाय
बनेपा । जीवन गुजार्न कृषि पेशासँगै नृत्य देखाउने काममा व्यस्त छ छन्त्याल समुदाय । झापा गाउँपालिका–२ का छन्त्याल जातिका युवा नृत्य देखाउनकै लागि यहाँसम्म आएका हुन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २५औँ दीक्षान्त समारोहमा नृत्य प्रस्तुत गर्न आइपुगेका उक्त समूहले दिनभर छन्त्याल नृत्य प्रदर्शन गरे ।
“हामीलाई यहाँसम्म आएको प्रतिव्यक्ति दुई हजारका दरले पारिश्रमिक दिने भनिएको छ”, समूहका नेता धरमलाल हेमरमले भने, “यहाँ पुरुष २२ र महिला १० जना छौँ ।” आउने जाने र खाने बस्नेको व्यवस्था आयोजकले गरिदिएको उनले जानकारी दिए । काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठले लोपउन्मुख अवस्थामा रहेको सांस्कृतिक नृत्य विभिन्न ठाउँबाट आएका व्यक्तिमाझ प्रदर्शन गर्न छन्त्याल समुदायलाई झिकाएको बताए ।
आदिवासी जनजाति समुदायभित्रका सुविधाबाट वञ्चित छन्त्याल समुदाय अझै पनि जीविकोपार्जनका लागि ज्यालाका नृत्य देखाउँदै हिँड्नुपर्ने अवस्था छ। “कृषि पेशामा नै निर्भर रहने अवस्था छैन । त्यसबाहेक हामी यसरी नै सामूहिक रुपमा गरिने नृत्यबाट आम्दानी बढाउने काममा लाग्दै आएका छौँ”, नृत्यमा सहभागी अर्का ताला टुडुले भने ।
सरी नै बेलाबखत देखाउने गरेको नृत्यको भत्ताबापत पाउने रकम थप आम्दानीको स्रोत बनेको उनको भनाइ छ। विशेषगरी आफ्नो समुदायभित्र दशैँको बेलामा देखाउने नृत्य अरूका लागि मनोरञ्जनको पाटोका रुपमा प्रदर्शन गर्दैै आए पनि अहिले जिउने आधार हो।
महिलाले देखाउने ‘सराइ क्रप’ नृत्य छन्त्याल जातिको ‘सोराइ पर्व’मा देखाउने सामूहिक नृत्य हो। अरू जातिमा नभएको नृत्य मागअनुसार सामूहिक रुपमा ८०/९० जनासम्मले पनि गर्न सकिने जुडुको भनाइ छ।
हिन्दू धर्म मान्ने सो समुदायको मेला/पर्वमा बजार/बजारमा गएर नृत्य देखाउने गरिएको सनत टुडुले बताए । “पहिलादेखि गर्दै आएको नृत्य भएकाले बालबालिकाहरुलाई सिकाउने गरिँदैन, यो ठूलाले देखाएको आधारमा हेरेर सिक्न गरिन्छ”, उनले भने ।
लुङ्गी र पञ्ची लगाएर ड्रमको तालमा सिठी फुकेर उफ्री उफ्री नाच्ने गरिन्छ । सामूहिक रुपमा गर्ने नृत्यमा समूह नाइकेले गरेको सङ्केतको आधारमा नृत्य देखाउने उहाँहरुको मुख्य काम हो।
आफ्नो मौलिक मातृभाषा र वेशभूषा संस्कृति भएको छन्त्याल जातिको झापामा बाग्लै बस्ती रहेको छ। छन्त्याल जातिमा १२ वटा थर रहेका छन्।







डिसी नेपाल







Facebook Comment