अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’

डिसी नेपाल
३० असार २०८३ २०:४४
इलाम। स्थानीय तुलसी पिठाकोटेले बहुखेती प्रणालीमार्फत मनग्गे आम्दानी गरेका छन्।
फाकफोकथुम गाउँपालिका–५ का युवा उद्यमी पिठाकोटेले २५ रोपनीमा अलैँची, नौँ रोपनीमा चिया र सात रोपनीमा किबी खेती गरी सन्तोषजनक आम्दानी गरेका हुन्।
उनको खडकुडे बहुउद्देश्यीय कृषि फार्मबाट वार्षिक करिब ३५ क्वीन्टल किबी, १५ मन अलैँची र एक हजार किलोग्राम चिया उत्पादन हुन्छ। “कृषि कर्ममा डटेर लागेपछि भविष्य बन्यो”, पिठाकोटेले भने, “कृषिमा बगाएको पसिनाले, सपना पनि फल्दो रहेछ”,  उहाँले वार्षिक रु २० लाख बचत र फर्ममा १५ जनालाई रोजगारी प्रदान गर्नुभएको छ।
भविष्यमा किबीबाट जुस, जाम र वाइन उत्पादन गरी मूल्य अभिवृद्धि गर्ने तथा अलैँचीलाई आधुनिक भट्टीमार्फत प्रशोधन गर्ने उहाँको योजना छ।  “किबी भण्डारण गर्ने ठाउँ छैन। अलैँची आधुनिक भट्टी बनाएर प्रशोधन गर्नुछ। पूर्वाधार समस्याले सकिरहेको छैन”, उनले भने।
कृषि कर्ममा लागेवापत उनलाई पालिकाले ५० प्रतिशत अनुदानमा कृषि उपकरण उपलब्ध गराएको गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले बताए।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *