श्रीमानको २ लाख र तत्ताकपडा लिएर २७ वर्षीया महिला बेपत्ता

डिसी नेपाल
७ मंसिर २०७६ १२:३६

भोजपुर । भोजपुरमा एक महिला रकम लिएर सम्पर्कविहीन भएकी छन् । षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएकी २७ वर्षीया आशा राई सार्कीले श्रीमानको रु दुई लाख लिएर बेपत्ता भएकी हुन्।

भोजपुर सदरमुकामस्थित एक जुत्ता पसलमा काम गर्दै आएका उनका श्रीमान् एकबहादुर सार्कीकी श्रीमती आशाले घरमा राखेको रु दुई लाख लिएर गत कात्तिक १८ गते सम्पर्कविहीन भएको एकबहादुरले बताए ।

नगदसहित घरमा भएको अन्य लत्ताकपडा पनि लिएर श्रीमती बेपत्ता भएको श्रीमान् एकबहादुरले जानकारी दिए ।

एकबहादुरले खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको र जो कसैले भेटेमा खबर गरिदिनसमेत आग्रह गरिएको प्रहरीले जनाएको छ।

श्रीमान् एकबहादुर र आशाकी सात वर्षीया एक छोरी र पाँच वर्षीय एक छोरा छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.