कविता - 'हेप्पी होली' - गंगाजंग सिंह, हुम्ला

३० फाल्गुन २०७३



घाम र पानी संगै भए
इन्द्रेणीको धनुस मित्र ।
रंग र पानी संगै भए
होलिखेलको सगुन मित्र।।

छतमा बसि लोला हान्न
विछ्ट्टैको मज्जा मित्र ।
आउने जाने बटुवालाई
अन्जानैमा ठट्टा मित्र ।

रंग छेक्ने रक्षक बन्छ
कालो चस्मा लगाउ मित्र ।
होलिसंगै सोची सम्झी
रंगीन जीवन बनाउ मित्र ।

होलि जस्तै रंगिन बनी
सुन्दर जीवन बनाउ मित्र।
साथीभाइ मिलिजुली
हेप्पी होलि मनाउ मित्र ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »