जसपाका कार्यकारिणी समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

डिसी नेपाल
१४ वैशाख २०८१ ९:१३
16
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ।

केही समय पछि हुन लागेको पार्टीको महाधिवेशनको एजेन्डा तय गर्न लागि कार्यकारिणी समितिको बैठक बोलाएको हो।

बालकुमारीस्थित पार्टी केन्द्रिय कार्यालयमा आज बस्ने कार्यकारिणी समितिको बैठकले महाधिवेशन तयारीका बारेमा भइरहेका गतिबिधिको समीक्षा र महाधिवेशनमा प्रस्तुत गरिने एजेन्डाका बारेमा छलफल गर्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

जसपा, नेपालको महाधिवेशन पटक पटक सरेर अन्ततः जेठ २७–२९ गतेका लागि तोकिएको छ । जुन महाधिवेसन मधेस प्रदेशको राजधानी, जनकपुरधाममा हुदैँछ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *