क्रिकेट टोली स्वदेश फिर्ता
काठमाडौं। आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ। ओमानमा सम्पन्न उक्त एकदिवसीय अन्तरराष्ट्रिय श्रृङ्खलामा सहभागिता जनाएर नेपाली टोली आज बेलुका स्वदेश आइपुगेको हो।
टोलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रतिनिधिहरूले स्वागत गरे। लिग–२ को अन्तिम शृङ्खलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो। नेपालले श्रृङ्खलाको चारमध्ये तीन खेलमा जित निकाल्यो। नेपालले श्रृङ्खलामा ओमान र क्यानडाविरुद्ध प्रतिस्पर्धा गरेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment