जटिल प्रसूति समस्यामा परेकी एक महिलाको हवाई उद्धार

डिसी नेपाल
३ कार्तिक २०८३ २१:०५
8
Shares

काठमाडौं। जाजरकोटको कुशे गाउँपालिका–२ की एक महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हवाई उद्धार गरी आज सुर्खेत पुर्‍याइएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएको जानकारी दिएको छ। जटिल प्रसूति समस्या देखिएपछि थप उपचार आवश्यक भएकाले नेपाली सेनाको हवाई साधनमार्फत उनलाई सुर्खेत लगिएको हो।

सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याई सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

भौगोलिक विकटता, स्वास्थ्य संस्थामा उपलब्ध सीमित सेवा तथा उपचारमा हुने ढिलाइका कारण जोखिममा पर्न सक्ने महिलाका लागि यो कार्यक्रम जीवनरक्षाको महत्वपूर्ण माध्यम बन्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *