ओमानलाई हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता
काठमाडौं। नेपालले आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलमा ओमानलाई १० रनले पराजित गरेर छैठौ स्थान सुरक्षित गर्दै एकदिवसीय मान्यता जोगाएको छ।
नेपालले दिएको २८१ रनको लक्ष्य पछाएको ओमानले ५० ओभरमा ७ विकेट गुमाउँदै २७० रन बनाएको हो।
ओमानका लागि जतिन्दर सिंहले सर्बाधिक ८९ रन बनाएका थिए भने हम्माद मिर्जाले ८७ रन बनाएका थिए। त्यस्तै नेपाली बलर दिपेन्द्र सिंह ऐरी र ललित राजबंशीले २-२ विकेट लिएका थिए। त्यस्तै नन्दन यादव र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अल आउट हुदै २८० रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले सर्बाधिक ८० रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ६९, देव खनालले ५७ रन र इशान पाण्डेले २९ रन बनाएका थिए।
यो जितपछि नेपालको ३६ खेलमा ३० अंक हासिल गर्दै छैठौं स्थान सुरक्षित गरेको छ। त्यसैगरी ओमान भने ३२ खेलमा ३३ अंकसहित चौथो स्थानमा छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment