आगामी तीन दिनको मौसम कस्तो रहला?

डिसी नेपाल
२ कार्तिक २०८३ १९:१८

काठमाडौं । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बदली देखिएको छ।

आज राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ भने कोसी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

भोलि मंगलबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यस्तै, मंगलबार राति गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मात्र हल्का वर्षा र हिमपातको आकलन गरिएको छ।

आगामी बुधबार दिउँसो हिमाली भू-भागका साथै कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। बुधबार राति भने कोसी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मात्र हल्का वर्षा र हिमपात हुने महाशाखाले पूर्वानुमान गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *