अर्घाखाँचीमा ट्याक्टरको हलोमा परेर दुई वर्षीय बालकको मृत्यु

डिसी नेपाल
२ कार्तिक २०८३ १८:४३

काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४, धारापानीमा ट्याक्टरको हलोमा परेर दुई वर्षीय बालकको मृत्यु भएको छ। आफ्नै घरअगाडि खेल्ने क्रममा घरनजिकै राखिएको ट्याक्टरको हलोमा परी स्थानीय हरिप्रसाद बन्जाडेका छोरा दुई वर्षीय अमस बन्जाडे गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी जीवन लामिछानेका अनुसार हलोमा परेर बालकको मुखमा गम्भीर चोट लागेको थियो। घाइते बालकसँगै तत्कालै उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिए पनि अस्पताल पुर्‍याउनेबित्तिकै जाँचका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान तथा पोस्टमार्टमको कानूनी प्रक्रिया पूरा गरेपछि बालकको शव परिवार तथा आफन्तले बुझेर लगेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *