डेढ किलो सुन र १ करोड ४३ लाखसहित पक्राउ परेका सातै जना सार्वजनिक

डिसी नेपाल
१४ वैशाख २०८१ १३:५०

काठमाडाैं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँ नगदसहित ७ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बरामद सुन र रकमसहित पक्राउ परेकाहरूलाई शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर २४ दुछेंननी टोलमा केही व्यक्तिहरुले अवैध सुन कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको कार्यालयको टोलीले १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँ नगदसहित ७ जनालाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले जानकारी दिइन्।

उनले पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र दार्चुलाकै २१ वर्षीय आयुष बडू, झापा बिर्तामोडका ३० वर्षीय दिनेश खरेल र २२ वर्षीय भरतराज खरेल रहेको बताइन्। त्यस्तै भारत महाराष्ट्रका ३७ वर्षीय अमोल बिभुते, १८ बर्षीय ऋषिकेश प्रकाश बिभुते र १८ बर्षीय नै गणेश सतिश बाल्टे पक्राउ परेको डिएसपी केसीले जानकारी दिइन्।

पक्राउ परेका गणेश दत्त बडू यसअघि २०७४ भदौ १९ गते ठमेल क्षेत्रबाट बरामद भएको ८८ केजी सुन प्रकरणमा पनि जोडिएक व्यक्ति रहेको प्रहरीले जनाएको छ। प्रहरीले पछिल्लो घटनामा गिरोहले चीनबाट तस्करी गरेर सुन ल्याएको प्रारम्भिक निचोड निकालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *