अदालतबाट एक करोड ५८ लाख जरिवना ठहर भएका भण्डारी पक्राउ

डिसी नेपाल
२८ साउन २०८३ २१:५२

काठमाडौं। बैङ्किङ कसुर मुद्दामा रु एक करोड ५८ लाख ५४ हजार ६३० जरिवना ठहर भई फरार रहेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैङ्किङ कसुर मुद्दामा फरार सिन्धुपाल्चोक घर भई ललितपुरको बालकुमारी बस्ने ३३ वर्षीय गणेश भण्डारीलाई आज पक्राउ गरेको हो।

पक्राउ परेका भण्डारीलाई उच्च अदालत पाटन र काठमाडौं जिल्ला अदालतले विभिन्न १० वटा बैङ्किङ कसुरका मुद्दा र दुईवटा चेक अनादर मुद्दामा दोषी ठहर गरेको आरोपमा पक्राउ गरिएको हो।

अदालतले भण्डारीलाई १६ दिन कैद र कुल रु एक करोड ५८ लाख ५४ हजार जरिवानाको फैसला सुनाएको थियो। पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा उपस्थित गराइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *